विवाहपश्चात् अन्य व्यक्तिसँग प्रेम सम्बन्धमा पर्नुका कारण विभिन्न हुन सक्छन् । आफ्नो वैवाहिक जीवनसँग खुसी नहुनु र केही नयाँ गर्ने सोच भएका मानिसहरुको विवाहेत्तर सम्बन्ध हुने गर्दछ । आउनुहोस् यसबारे विस्तृत जानकारी लिऔं–
१) विवाहेत्तर सम्बन्धका कारणः
आजकाल धेरैजसो विवाह श्रीमान् वा श्रीमतीको विवाहेत्तर सम्बन्धका कारण टुटिरहेको छ । विवाहपछिको सम्बन्ध हुनुको अर्थ श्रीमान् वा श्रीमती आफ्ना पार्टनरबिच पहिले जस्तो आकर्षण वा लगाव नहुनु हो । तर विवाहपछि अन्य महिला वा पुरुषसँग सम्बन्ध स्थापित गर्नुको चुरो कारण के हो भन्ने थाहा छ रु आउनुहोस् यसबारे जानकारी लिऔं–
२) केही नयाँ गर्ने चाहनाः
धेरैजसो पुरुष केही नयाँ गर्ने कोसिसमा रहन्छन् । पुरुष धेरैजसो आफ्नो दिनचर्यामा केही नयाँ गर्ने चाहना राख्छन् र रोमाञ्चक कुराहरुसँग सम्बन्ध जोड्न चाहन्छन् । उनीहरु चाँडै नै आफ्नो दैनिकीसँग बोर हुने गर्दछन् । यस्तोमा विवाहपछिको प्रेम सम्बन्धजस्तो कदम उठाउने गर्दछन् ।
३) यौनेच्छाका कारणः
लगभग ८० प्रतिशत पुरुषहरु आफ्ना यौनेच्छाका कारण श्रीमतीलाई धोका दिने कुरा थुप्रै अनुसन्धानमा पुष्टि पनि भइसकेको छ । यौनेच्छा पनि थुप्रै किसिमको हुने गर्दछ । उनीहरुभित्र यौनसम्बन्धको लत लागेको हुनसक्छ जसका कारण उनीहरु आफ्नी श्रीमतीसँगको सम्बन्धमा सन्तुष्ट नभएर नयाँ स्थान र नयाँ मानिससँग सम्बन्ध बनाउने कोसिस गर्दछन् ।
४) अहंकारको भावनाः
कुनै पुरुष आफ्नो अहंकारका कारण पनि विवाहेत्तर सम्बन्ध बनाउने गर्दछन् । थुप्रै पटक आफ्नो अहंकारलाई सन्तुष्ट बनाउनका लागि उनीहरु अन्य महिलाप्रति आकर्षित हुने गर्दछन् । वास्तवमा उनीहरु आफ्ना पार्टनरलाई देखाउन खोज्छन् कि ‘महिलाहरुलाई कति सजिलै आफूतर्फ आकर्षित गर्न सकिन्छ ।’
५) सम्बन्धमा केही नौलो कुरा नहुनुः
विवाहपश्चात् पुरुषहरु अन्य महिलासँग सम्बन्ध राख्नुको एक महत्वपूर्ण कारण भनेको आफ्नो सम्बन्धबाट ‘बोर’ हुनु हो । जीवन त्यतिबेला अझै निराश हुने गर्दछ जब श्रीमती घरेलु कामकाज र बच्चामा यति धेरै व्यस्त हुन्छन् कि श्रीमानका लागि समय नै निकाल्न महिला विफल हुन्छिन् । यस्तोमा केही पुरुषहरु जीवनलाई रोमाञ्चक बनाउनका लागि भिन्न महिलासँग सम्बन्ध स्थापित गर्दछन् ।
६) आत्मसम्मानको खोजीमाः
केही महिलाहरुको बानी हुन्छ कि उनीहरु केही न केही कारण देखाएर आफ्ना श्रीमानलाई कराइरहने गर्दछन् । यस्तोमा श्रीमान् चाहेर वा नचाहेरै भएपनि आफ्नी श्रीमतीसँग टाढा बस्ने गर्दछन् र अन्य महिलाप्रति आकर्षित हुन थाल्छन् ।
७) खुल्ला समाजः
आजको समाजले विवाहेत्तर सम्बन्धलाई निकै सहज ढङ्गले लिने गरेको छ । आज आफिसमा महिला र पुरुष काँधमा काँध मिलाएर काम गरिरहेका छन् । यस्तोमा पुरुषहरुले महिलासँग आफ्नो भावना बाँड्ने गर्दछन् जसका कारण चाहेर वा नचाहेरै भएपनि नयाँ सम्बन्धको बिजारोपण हुने गर्दछ र श्रीमानहरु आफ्नी श्रीमतीलाई धोका दिने गर्दछन् ।
८) कामको क्रममा महिलालाई भेट्नुः
आजको यो जमानामा महिला पुरुष सँगै काम गर्ने गर्दछन् । दिनको ९÷१० घण्टा उनीहरु एकसाथ अफिसमा बिताउँछन् । यस्तो अवस्थामा एक अर्काप्रति मानिसहरु आकर्षित हुने गर्दछन् । एक अर्काको साथ मिठो लाग्न थाल्छ जसका कारण विवाहेत्तर सम्बन्ध सुरु हुन थाल्छ ।
९) साथीको दबाबः
थुप्रै पटक साथीहरुको दबाबमा आएर पुरुष विवाहेत्तर सम्बन्ध चलाउने गर्दछन् र आफ्नी श्रीमतीलाई धोका दिने गर्दछन् । पुरुषहरु धेरैजसो सम्बन्धलाई मनोरञ्जन सोच्ने गर्दछन् र आफूमात्र नभई साथीहरुलाई पनि यस्ता कुराको लागि उक्साउँछन् ।
१०) बदलाको भावनाः
यदि श्रीमती आफ्ना श्रीमानप्रति इमान्दार छैनन् भने श्रीमानले पनि सनकमा आएर श्रीमतीसँग हिसाब पुरा गर्नका लागि अर्की महिलासँग सम्बन्ध चलाउन थाल्छ ।