श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असार २५ गते सोमबार, ९ जुन २०१८ । आषाढ कृष्णपक्षको एकादशी तिथि १७ः२२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र कृतिका २६ः३५ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१६ र सूर्यास्त ७ः०१ मा हुनेछ ।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समय सामान्यखालको छ । सोचेको काम सहजै सम्पन्न नहोला । दाम्पत्य जीवनमा केही समस्या देखिन्छ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विवेक र बुद्धिको प्रयोग गर्नसके काममा सफलता मिल्नेछ । नयाँ कामको थालनी गर्ने सोचमै सीमित रहला ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दनको पूवराद्र्धभन्दा उत्तराद्र्धमा धन खर्च बढेर जाला । मिष्ठान्न भोजनको योग देखिन्छ । आय आर्जनको बाटो खुल्नेछ ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विश्वास गरेका व्यक्तिबाट धोका होला । अनुशासित हुन नसक्दा राम्रो काम हात नलाग्न सक्छ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आत्मानुशासित भई कार्य गरेमा सफलता हात लाग्नेछ । विपरीत परिणाम आउन सक्ला । धैर्य गर्नु होला ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अनावश्यक झै–झगडा हुनसक्छ । वाद–विवादमा नबोलेकै राम्रो हुनेछ । पठन–पाठनमा रुची बढेर जानेछ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
माङ्गलिक कार्यमा सफलता प्राप्त हुनेछ । नयाँ–नयाँ साथी बन्लान् । प्रेममा सफलता प्राप्त हुनेछ ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पेट तथा छातीसम्बन्धी समस्याले सताउला । अरुलाई विश्वास गर्नाले धोका हुने देखिन्छ । समय मध्यम्खालको छ ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
माङ्गलिक कार्यमा सरिक भइएला । आफन्तजनसँगको भेटघाटमा दिन बित्नेछ । प्रेममा सफलता प्राप्त होला ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रशंसा गर्नेहरु बढ्नेछन् । औद्योगिक लगानीबाट राम्रो लाभ प्राप्त होला । अध्यापनका क्षेत्रमा प्रगति हुनेछ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पशु–चौपायाबाट राम्रै लाभ होला । नयाँ–नयाँ स्थानको भ्रमण होला । विलासी सामग्रीमा खर्च बढेर जाला ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अनावश्यक कार्यमा अपजस खप्नु पर्दा मन खिन्न रहला । काम गर्ने जोश, जा“गर घटेर जाला ।