श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असार २६ गते मङ्गलबार, १० जुन २०१८ । आषाढ कृष्णपक्षको द्वादशी तिथि १५ः३८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र रोहिणी २६ः३५ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१६ र सूर्यास्त ७ः०१ मा हुनेछ ।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक आलश्यता बढ्ला । नसोचेका काम बन्नेछन् । विपरीतलिङ्गीबाट राम्रै सहयोग मिल्ला । पढाइ–लेखाइमा मन जाला ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अवसर प्राप्त हुनेछ । अनुहारमा कान्ति छाउला । व्यापारिकवर्गका लागि आजको दिन उत्तम देखिन्छ ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अदालती कामको झमेलाबाट पार पाइएला । विचार विमर्श राख्न पाइने अवसर जुट्ला । प्रेमपक्षमा सफलता मिल्नेछ ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नयाँ काम बन्नेछन् । गरिएका नयाँ प्रयासहरु सम्पन्न होलान् । अल्झिएका विवादित विषय सुल्झिएर जाने देखिन्छ ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

काम गर्ने जोश, जाँगर बढेर जानेछ । स्त्री जातिको सहयोगले नया“ कामको थालनी होला । लेनदेनसम्बन्धी विवाद होला ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

वैदेशिक रोजगारीका कामहरु बन्नेछन् । छोटो तथा रमाइलो यात्राको योग देखिन्छ । प्रेमी–प्रेमिकाबीच सामान्य मनमुटाव होला ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्यको थालनी होला । काममा सफलता प्राप्त हुनेछ । पारिवारिक समस्यामा अल्झिनु पर्ला । समय मध्यम्खालको छ ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

खेलप्रतिको रुचि अझ बढेर जाला । नयाँ नयाँ कार्य गर्ने जोश बढेर जाला । मिष्ठान्न भोजनको योग देखिन्छ ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिनको पूर्वाद्र्धभन्दा उत्तराद्र्ध अलि कष्टप्रद होला । कामकाज असफल होला । खानपिनमा विचार पर्याएमा राम्रो होला ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अनुहारमा कान्ति छाउला । शुभसमाचार सुन्न पाइएला । विपरीतलिङ्गीको सहयोगले नयाँ कार्यमा मन जाला ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कृषिव्यवसायमा लगानी डुब्ने देखिन्छ । अनावश्यक तनाव बढेर जाला । अध्ययन–अध्यापनका क्षेत्रमा रुचि बढ्ला ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

इच्छा आकाङ्क्षा पूर्ण भएर जानेछ । ठूला व्यक्तिको सहयोग प्राप्त होला । मेहनत अनुसारको प्रतिफल प्राप्त होला ।