वि.सं. २०७५ साल साउन १८ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट ३ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– षष्ठी, ७:४१ बजेउप्रान्त सप्तमी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिहानै खर्चिलो समय देखिएकाले मध्याह्नदेखि नयाँ काम गर्न शुभ हुनेछ। केही खर्च र दौडधुप गर्नुपरे पनि दिन रमाइलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आम्दानी रोकिनाले तत्काललाई कर्जाको रकम लिनुपर्ने हुन सक्छ। पछिका लागि भने विभिन्न अवसर फेला पर्नेछन्।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। व्यापारमा राम्रै लाभांश देखा पर्नेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। खर्चको मात्रा बढ्नेछ। सरसापटमा पनि धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो कामको जग बसाउने मौका छ। तर मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्नेछ। तापनि मिहिनेतको प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफल भइनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। तापनि परिश्रमले फाइदा दिलाउनेछ। मध्याह्नदेखि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारीका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्नेछ। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउने हुँदा कम मात्र फाइदा हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) प्रतिस्पर्धामा उत्रनुपरे पनि फाइदा हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अध्ययनमा पछि परिने भयले सताउनेछ। तापनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा चिताएको काममा केही अलमल हुनेछ। तापनि बुद्धिको उपयोगले अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। मान्यजनको सहयोग जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। मध्याह्नदेखि व्यवसायमा लाभ हुनेछ। आँटेको काममा सफलता पाइनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ। (नेपाली पात्रो)