रेणुदेवीकी ३ महिनाकी छोरी निशाकुमारी खड्गाको उक्त हस्पिटलमा आइतबार अपराह्न उपचारको क्रममा मृत्यु भएको थियो । परिवारजनले उपचार खर्च बुझाउन बेवास्ता गरेकोले बच्चाको शवसँगै आमाछोरी तीन दिनदेखि उक्त अस्पतालमा बन्धक बनेका थिए । सीतादेवीले अस्पतालले बोलाएर मंगलबार साँझ शव बुझाई एम्बुलेन्स खोजेर घर पाइए दिएको बताईन । बच्चाको उपचारमा खर्च भएको १ लाख १६ हजार रुपैयाँ बुझाउन नसकेपछि तीन दिनपछि अस्पतालले मिनाहा गरेर घर पठाइदिएको हो । अस्पताल प्रशासक धिरज मैनालीले उपचारबापतको शुल्क तीन दिनसम्म उनीहरुले नबुझाएपछि मिनाहा गरि दिएबको बताएका छन् ।