झापा । नेवार समुदाय कला र संस्कृतिमा धनी मानिन्छ । उनीहरुले समुदायका विभिन्न समुह तथा समिति निर्माण गरेर मौलिक पहिचानको प्रवद्र्धन तथा आफ्ना परम्परागत रुपमा मानिदै आएका विभिन्न पर्व र परम्पराको जगेर्ना गर्दै आएका छन् ।
नेवार समुदायमा रजश्वला नभएकी छोरी–चेलीको बेलसँग विवाह गरिदिने परम्परा छ । त्यस अनुसार नेवाःपासाः मुनाः पुच बिर्तामोडले शनिवार अर्जुनधारा–६ स्थित भिमसेन मन्दिरमा सामुहिक वेलविवाह गरेको छ ।
नेवार समुदायमा सूर्य र बेलसँग विवाह नगरी मानिससँग बैवाहिक सम्बन्ध जोड्न नहुने मान्यता अनुसार रजश्वला हुनु भन्दा अघि कन्याको बेलसँग विवाह गरिदिने पराम्परा भएकाले सामुहिक ६ जना कन्याको वेलसँग विवाह गराएको नेवाःपासाः मुनाः पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
‘एउटै परिवाले वालविवाह गर्दा धेरै खर्च हुन्छ’ अध्यक्ष श्रेष्ठले भने ‘सामुहिक रुपमा हुने वेलविवाहमा थोरै खर्चमा धेरै विवाह सम्पन्न हुन्छ ।’ आर्थिक अवस्था कमजोर भएका तथा नेवार समुदायलाई जोड्न पनि सामुहिक वेलविवाहले मद्दत गर्ने विश्वासले सामुहिक वेल विवाह गरेको उनले बताए ।
सामुहिक वेलविवाहमा भद्रपुरका दिनेश र भारती श्रेष्ठकी ११ बर्षकी छोरी इशिका श्रेष्ठ, बिर्तामोडका नविन र सुशिला श्रेष्ठकी ११ बर्षकी छोरी चादिरा श्रेष्ठ, मोरङ खोर्सानेका नवराज र गंगा श्रेष्ठकी ९ बर्षकी छोरी नतसा श्रेष्ठ, धरानका राजन श्रेष्ठ र सुमित्रा मास्केकी ९ बर्षकी छोरी सुजेन श्रेष्ठ, दमकका सुमित र शोभा श्रेष्ठकी ९ बर्षकी छोरी नमों श्रेष्ठ र बिर्तामोडका विपिन र अञ्जु उदासकी ७ बर्षकी छोरी आशिन उदासको सामुहिक बेलसँग विवाह सम्पन्न भएको हो ।
व्रत बसेका बालिकाले भगवान शिवका पुत्र कुमारको स्वरूप मानेर बेलसहित कलश, बज्र र चक्रको पूजा गर्छन् र बालिकाका बुवाले कन्यादान दिने पराम्परा रहेको छ । बेल जस्तो भयो भविष्यमा दुलहीको वर पनि उस्तै हुने विश्वास छ । बेल विवाहपछि बिजोर वर्षमा पहिले १२ दिनसम्म गुफामा राख्ने चलन भए पनि अहिले १२ घण्टासम्म राखेर सूर्यदर्शन गराइने अध्यक्ष श्रेष्ठले बताए । बेलसँग विवाह भइसकेका महिलाले श्रीमानको मृत्युपछि पनि सिन्दुर लगाउदा वाधा नपर्ने नेवार समुदायको मान्यता रहेको राजन श्रेष्ठले बताए । नेवार समुदायमा पछिल्लो समय संस्कृति संरक्षणका लागि स्थापित समुह, समिति, संघ÷संस्था र गुठीले सामुहिक वेल विवाह गर्ने प्रचलन समेत वढ्दै गएको पाइन्छ ।
नेवार पंडित (गुभाजु) असोक ब्रजाचार्यले उनीहरको वेलसँग विवाह गराएका थिए ।