धरान / आफ्नो क्षेत्रका जनताका लागि सुनसरी क्षेत्र नं. १ नेकपाबाट निर्वाचित तथा समानुपातिक सांसदहरुले वडा कार्यालयहरुमार्फत खाद्यान्न उपलब्द गराएका छन् । उनीहरुले रामधुनीको दुई वटा वडा, बराहक्षेत्रका ७ वटा र धरान उपमहानगरपालिकका २० वटा वडाहरुमा १५ हजार केजी खाद्यान्न उपलब्द गराएका छन् ।
जनतासँग प्रत्यक्ष सम्पर्कमा हुने स्थानीय सरकारको तल्लो निकाय वडा कार्यालयहरुलाई सिधै सहयोग उपलब्द गराएका थिए । प्रतिनीधिसभा सदस्य जयकुमार राई, प्रदेशसभा सदस्य भीम आचार्य, उमिता बराइली र सावित्री श्रेष्ठले आफ्ना क्षेत्रका जनतालाई लकडाउनको बेला केही राहत होस भनेर उनीहरुलाई पु¥याउने गरि खाद्यान्न उपलब्द गराएका थिए । सांसदको राहत वडामा आए पछि २९ वटै वडासमितिहरुले सांसदहरुलाई धन्यवाद दिइसकेका छन् ।
वडा अध्यक्षहरुको स्वागत, काङ्ग्रेसको विरोध
माननीयहरुले आफै पुगेर दिएको सहयोगको वडा कार्यालयहरुले स्वागत गरेका छन् । फुडबैंकबाट आएको राहतले नपुगेको अवस्थामा वडावासीहरुलाई ठूलो राहत मिलेको बताएका छन् । तर नेपाली काङ्ग्रेसले भने नेकपा सांसदहरुले भोट मागेको भन्दैं जनतालाई सहयोग गरेको काम उचित नभएको भनेर विज्ञप्ति नै जारी गरेको छ । काङ्ग्रेसका स्थानीय नेता प्रेमप्रसाद पराजुलीले धरानको मेयर तिलक राई काङ्ग्रेसको परेको र उपमेयर मञ्जु भण्डारी नेकपा नेताहरुलाई मन नपर्ने भएका कारण धरान उपमहानगरको फुडबैंकलाई वाइपास गरेको आरोप लगाए ।
तर धरानका वडा नं. १,२, ५, १४ र १८ का काङ्ग्रेसले जितेका वडाका वडा अध्यक्षहरुले भने सकरात्मक रुपमा लिएर स्वागत गरेका छन् । १४ नं. वडाका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले माननीयहरुको वडा कार्यालयहरुलाई दिएको सहयोग एकद्वार प्रणालीबाटै भएको बताएका छन् । समस्यामा परेका जनताका लागि आएको सहयोगका विषयमा कसैले नकरात्मक टिप्पणी गर्नु उचित नहुने अध्यक्ष भट्टराईको भनाई थियो ।
‘वडाबाट दिनु पनि उकद्वार प्रणली नै हो । कुनै पार्टीले दिएको होइन सांसदहरुले दिएको हो । टोलमा पुगेर बाढेको पनि होइन । वडालाई दिएको हो । यसलाई कसैले नकरात्मक टिप्पणी गर्नु पर्ने कुरा होइन ।’– वडाअध्यक्ष भट्टराईले भने–‘उहाँहरुको सहयोग सकरात्मक छ । वडाहरुको जनसंख्या भूगोल अनुसार वितरण गर्नु भएको छ ।’
सांसदले समस्यामा परेका जनताका लागि वडा कार्यालयहरुमा दिएको सहयोगको विषयमा काङ्ग्रेसले राजनीति गर्न खोजेको नेकपा धरान उपमहानगर कमिटि अध्यक्ष नारायण सुवेदीले बताएका छन् । ‘भोका जनताका लागि गरिएको सहयोगको आरिस गर्ने पार्टीका माननीयहरुले पनि वडा वडामा सहयोग पु¥याएर जनतालाई राहत हुने थियो नी ।’–अध्यक्ष सुवेदीले भने ।
सांसदको सहयोग छिटाे जनताको घर दैलोमा पुगोस भनेर जनतासँग सिधै पँहुच भएको स्थानीय तहको तल्लो निकाय वडा कार्यालयमा माननीयहरुले सहयोग पु¥याउने काम गरेको नेकपा जिल्ला कमिटी सदस्य तथा नगर इञ्चार्ज चोत्लुङले जानकारी दिए ।