धरान / धरान उपमहानगरपालिकाका १४नं. वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले वडावासीलाई भोकले मर्न नदिने बताएका छन् । उनले आफ्ना वडाका नागरिकको राहतका लागि आफुले सक्दो व्यवस्थापन गरिरहेको बताए ।
उनले वडामा तीन चरणमा राहत वितरण गरिसकेका छन् । पहिलो चरण आफ्नो निजी खर्चबाट २५० परिवारलाई राहत वितरण गरेका थिए । दोश्रो र तेश्रो चरणमा धरान उपमहानगरपालिकाले पठाएको ५१२ पोका र वडाले व्यवस्थापन गरेको ३३ पोका गरेर ५४५ पाेका वितरण गरिसकेको उनले बताए ।
‘मेरो वडामा सबैसँग समन्वय गरेर सक्दो राहत व्यवस्थापन गरिरहेको छु । कोही भोकै हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ।’–उनले भने –‘१४ नं. वडावासी कोही भोकले मर्नु पदैंन् । तपाईहरु ढुक्क हुनुहोस् ।’
उनले जनतालाई आत्म निर्भर बनाउन कृषी कर्मतिर आकर्षित गर्न विभिन्न वीउ विजनहरुसमेत वितरण गरेका छन् । वडावासीहरुलाई आफ्ना लागि खाने तरकारी, फलफल आफै उत्पादन गरुन भनेर वडाअध्यक्षाको पहलमा तरकारी, फलफुललगायतका वीउविजनहरुसमेत वितरण गरेको सूचना अधिकृत मणिसुन्दर खत्रीले जानकारी दिए ।