विराटनगर । महिन्द्रा कम्पनीको ‘एसपीप्लस’ ट्याक्टरमा बजारमा आएको छ । अग्नि ग्रुपले महिन्द्रा कम्पनीको एसपीप्लस ट्याक्टर बजारमा ल्याएको हो ।

आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि उक्त ट्याक्टरको शुभराम्भ गरेका हुन् । ट्याक्टरको उद्घाटन नेपाली क्रिकेटका पुर्व कप्तान पारस खड्का गरे ।

महिन्द्राको उन्नत इएलएल इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्च लिफ्टि क्षमतायुक्त हाइडूोलिक, सजिलो गियर सिफ्ट टूान्समिसन र तेल इमस्र्ड ब्रेकहरु जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

ट्याक्टर कृषि र ढुवानी उपयोगहरुको लागि बहुउपयोगी रहेको अग्नि गु्रपका प्रबन्धक क्याबिनेट श्रेष्ठले बताए । ‘किसानलाई अझै धेरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पुर्याउन सक्षम बनाउने नयाँ एसपीप्लस ट्याक्टर हो,’ उनले भने, ‘यो ट्याक्टरमा ६ वर्षसम्म वारेन्टी रहेको छ ।’