विराटनगर । प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा मङ्गलबार बजेट अधिवेशन आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्को जेठ ९ गतेको सिफारिसमा खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार जेठ १६ गते सोमबारका दिन बिहान ११ बजे प्रदेश प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।