पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे १ मा सेञ्चुरी कमर्सियल बैंकको मंगलबार १४५ औं शाखा कार्यालयको उद्घाटन् भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले शाखाको उद्घाटन गर्दै बैंकले कृषि प्रधान नगरको कृषि प्रवद्र्धन तथा कृषि उद्योगमा सघाउन महत्वपूर्ण भूमिका निर्वाह गरोस् भन्ने शुभकामना व्यक्त गरे । उनले नगरमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउन आवश्यक रहेको पनि आैँल्याए ।
१ नम्बर वडाध्यक्ष भीमकुमार राईले विपन्न वर्गको उत्थानमा बैंकले सघाउनु पर्ने र कामकारबाही चुस्त वन्नु पर्नेमा जोड दिए ।
‘सरल बैंकिङ सवैका लागि’ भन्ने नाराका साथ अघि बढेको बैंकका प्रमुख कार्यकारी निर्देशक मनोज न्यौपानेले ग्रामिण क्षेत्रमा समेत शाखा पुर्याउँदै सरल बैंकिङ सेवा प्रदान गर्नेमा आफुहरु लागिपरिरहेको बताए । उनले स्थानीय आवश्यकताका आधारमा आफ्ना सेवा अघि बढाउने जनाए । सामाजिक सुरक्षा भत्ता सहज वितरणका लागि ट्याब कार्ड र बायोमेट्रि प्रविधि मिश्रित गरेर मेसिनमार्फतको प्रणाली विकासमा आफुहरु लागिरहेको पनि सुनाए ।
०६७ फागुन २६ मा ३२ औं बैंकका रुपमा स्थापित सेञ्चुरी बैंकको हालको प्रगतिको अवस्थामा २३ औं स्थानमा रहेको र अवको २ वर्षमा १५ स्थानमा उकास्ने त्यसका सञ्चालक मनबहादुर राईले उल्लेख गरेका छन् । पथरी शाखा प्रमुख गणेश बरालले पनि मन्तव्य व्यक्त गरे ।