विराटनगर। मोरङको विराटनगर–४ पीपलचौकमा टिभिएस कम्पनीको देशकै ठूलो शोरुम सञ्चालनमा आउने भएको छ ।
केशरीचन्द भवरलालले देशकै ठूलो शोरूम विराटनगरमा सञ्चालनमा ल्याउन लागेको बताए । शोरूम अत्याधुनिक र सुविधा सम्पन्न रहेको शोरूम सञ्चालक प्रशान्त तातेडले जानकारी दिए ।
‘अहिले विराटनगरमा खोलेको टिभिएसको शोरुम देशकै सबैभन्दा ठूलो हो । यहाँ सञ्चालनमा आउन लागेको शोरुम अत्याधुनिक र सुविधा सम्पन्न रहेको छ’–उनले भने । एउटै छानामुनि टिभिएसको मोटरसाइकल र सर्भिस सेन्टरसमेत रहेको यो शोरुम ग्राहकमैत्री बनाउन प्रयत्न गरिएको व्यवस्थापक गुणराज पोखरेलले बताए ।
‘शोरुमभित्रै रेष्टुरेन्ट पनि रहेको छ । जो सवारी साधन सर्भिसिङ गर्न आउने ग्राहकलाई लक्षित गरी हामीले खोलेका हौं’–उनले भने । शोरुममा १३ वटा मोडलका मोटरसाइकल, एउटा मोडलको मोपेड र ८ वटा मोडलका स्कुटर रहनेछन् । मोटरसाइकलको इन्जिनमा पाँच वर्षको वारेन्टी र शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा पनि रहेको छ ।