काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि मनसुन धमाका अफर ल्याएको छ ।

यो अफर अन्तर्गत एनसेलका ग्राहकहरूले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने बताइएको छ । यी प्याकहरू आज (बिहीबार) बाट सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरू रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित रु. २९ देखि रु. ४८ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसीमा रहेका तीन प्याकहरू पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कमा अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउन सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकताअनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरूले करसहित रु. १२ मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु. १४ मा १ सय मिनेट टक टाइम र १ सय एसएमएस वा रु. २९ मा २ सय ९० मिनेट टक टाइम र २ सय ९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् ।

अफर अन्तर्गतका डेटा प्याकहरू र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरू ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरू जस्तैः ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्नेछन् ।