धरान । धरान–९ पुतलीलाइनमा क्लाउड नाइन लाउन्ज एन्ड बार खुलेको छ ।
६ जना लगानीकर्ताले करिब १ करोड ५० लाख रुपैयाँको लागतमा बार खोलेका हुन् । बारको धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले उद्घाटन गरे । बारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरू, क्याफे, मिटिङ, सेमिनार तथा कार्यक्रमका लागि हलको व्यवस्था रहेको लगानीकर्तामध्येका एक मानबहादुर मगरले जानकारी दिए । एक पटकमा १ सय ५० जना ग्राहक अटाउन सक्ने क्षमता रहेको छ ।
मगरसहित उत्तम कार्की, रमेश श्रेष्ठ, सुरज राई, देवेन्द्रबहादुर पाण्डे र तिलक पाण्डेको संयुक्त लगानीमा बार खुलेको हो ।