धरान । धरान जेसीजले शनिबार होटल पूर्वी स्टारमा स्नातक पढ्ने विद्यार्थीहरूलाई ‘स्टुडेन्टस् विथ बैंकिङ एक्सपर्टस्’ तालिम प्रदान गरेको छ । 

जेसीजका अध्यक्ष प्रतीक श्रेष्ठका अनुसार व्यवस्थापन संकाय पढ्दै आएका विद्यार्थीहरूलाई बैङ्किङको सम्भावनाबारे तालिम दिइएको हो । तालिममा मितेरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती, प्राइम बैंकका १ नम्बर प्रदेश प्रमुख दिमन श्रेष्ठ, सिटिजन्स बैंक इन्टरनेशनलका १ नं. प्रदेश प्रमुख प्रदीप सेढाईं तथा गरिमा विकास बैंकका १ न. प्रदेश प्रमुख मीन सुवेदीले बैङ्किङ क्षेत्रको महत्त्व, यसका उत्पादनहरू, हालको वित्तीय परिस्थिति, चुनौती तथा अवसरबारेमा तालिम दिएका थिए । 

285077803_691403115486186_4662405517594444894_n

कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष दीपेन्द्र निरौला रहेका थिए भने कार्यक्रमको संयोजन तोर्णबहादुर कार्कीले गरेका थिए । तालिममा ४५ जना विद्यार्थी सहभागी थिए ।