भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाकास्थित दिङ्ला बजारका यातायात व्यवसायीले चर्को भाडा लिने गरेका छन् ।
यातायात व्यवसायीले दिङ्ला बजारबाट सतिघाटसम्मको चर्को भाडा लिने गरेका हुुन् । उनीहरूले नगरपालिका केन्द्र दिङ्ला बजारबाट सतिघाटसम्म १२ किलोमिटर यात्रा गरेबापत् प्रतिव्यतिm ५ सय भाडा लिने गरेको पाइएको छ । यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रुु बोक्ने गरेकाले जोखिमसमेत बढेको स्थानीयको गुनासो रहेको छ ।
यसैबीच दिङ्ला बजारका युवाले चर्को भाडा असुलेको विरोधमा नगर प्रमुख सुुरेन्द्र उदासलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । चर्को भाडा तिर्दा सर्वसाधारण मारमा पारेको भन्दै उनीहरूले नगर प्रमुखलाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण–पत्र बुुझाउनेमा दिङ्ला बजारका स्थानीय युवाहरू नगेन्द्र राई, नारायण घिमिरे, अर्जुन बस्नेत लगायत रहेका छन् । दिङ्ला भोजपुर ३९ किलोमिटर कच्ची सडकको ८ सय भाडा भए पनि सतिघाटको भाडा ५ सय महँगो भएको उनीहरूले बताएका छन् ।
ध्यानाकर्षण–पत्रमा सरोकारवालासँग छलफल गरी तत्काल समस्या समाधान गर्न नगर प्रमुखसँग आग्रह गरिएको छ । पत्र बुुझ्दै नगरप्रमुख उदासले सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । यस वर्ष दिङ्ला सतिघाट सडक खण्डको ग्राभेलको काम अन्तिम चरणमा पुगे पनि पछिल्लो समय चर्को भाडा लिन थालेपछि युुवाहरूको गुनासो बढेको हो ।