देउराली ।  नेकपा एमालले प्रदेश १ संसदीय दलको नेतामा प्रदेश सभा सदस्य हिक्मतकुमार कार्की निर्वाचित भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा  प्रदेशसभा सदस्य तथा एमाले स्थायी कमिटी सदस्य कार्की निर्विरोध निर्वाचित भएका हुन् ।  

झापाको निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट दोस्रो पटक निर्वाचित कार्कीलाई  तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थन गरेका थिए  ।