देउराली । प्रदेश नम्बर १ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठक पाँचथर प्रदेशसभा २ बाट निर्वाचित आङ्बो सर्वसम्मतले दलको नेता चयन भएका छन् । हाल प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रहेका आङ्बो २०७४ मा पनि निर्वाचित भएपछि एमाले–माओवादी एकीकरण पूर्व र विभाजन पश्चात् पनि माओवादीको दलका नेता थिए ।
बैठकमा प्रदेश १ मा प्रत्यक्ष ९ र समानुपातिकतर्फ ४ गरी माओवादीका १३ सांसद रहेको माओवादी केन्द्रले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको प्रदेश सांसद गणेश उप्रेतीले बताएका छन् ।