काँग्रेस संस्थापना इतर नेताहरूको बैठक आज डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ ।
सबैभन्दा ठुलो दल हुँदाहुँदै पनि विशेषगरी पार्टी सभापति शेरबहादुर देउवाको कारण प्रतिपक्षमा बस्नुपरेको भन्दै असन्तुष्ट बनेका संस्थापना इतर नेताहरूको उक्त बैठकमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको छ ।
त्यस्तै बैठकमा सबैभन्दा ठुलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा बैठकमा छलफल हुने बताइएको छ ।
पुस २२ गते काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।