देउराली । जनता समाजवादी पार्टी (जसपा)काे संसदीय दलकाे नेतामा अशोक राईसँगै राजकिशोर यादव बिच प्रतिस्पर्धा हुने भएकाे छ ।
प्रतिनिधि सभामा १२ सिट रहेकाे जसपाले संसदीय दलकाे निर्वाचनका लागी आज २ः ३० बजे देखी ३ः३० बजे सम्मका लागि मतदानकाे समय निर्धारण गरेकाे छ ।
पार्टीका नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झासहित तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ।
निर्वाचन समितिले बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता, उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव आम निर्वाचनमा पराजित भएका थिए ।