जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएको छ ।
दलको नेता चुन्न आज २ः३० बजेबाट निर्वाचनको समय तय भएको भए पनि दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि उनी निर्विरोध चयन भएका हुन्। बारा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका यादव अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र हुन्।
१२ सांसद रहेकोमा राईको पक्षमा पाँच र यादव पक्षमा सात जना सांसद् देखिएपछि राई पछि हटेका हुन् ।