नवनियुक्त गृहमन्त्री लामिछानेले राहदानी विभागमा अनुगमन गरेका छन्।
अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिए। केही समय यता त्रिपुरेश्वर स्थित राहदानी विभागमा राहदानी बनाउन आउनेको भिड बढेसँगै राहदानी लिन सास्ती खेप्नु पर्ने गरेको गुनासो आएपछि लामिछाने अनुगमनका लागि पुगेका हुन् ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले लाइसेन्स, पासपोर्टलगायतका सेवा लिने क्रममा नागरिकले भोग्दै आएका सास्ती अन्त्य गरी सेवा सहज बनाउने निर्णय गरेको थियो।