धरान । एनसेलका ग्राहकलाई लक्षित गर्दै नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरू ल्याएको छ ।
एनसेल आजियाटा लिमिटेडले अझ सुलभ दरमा सेवा लिन सकिने गरी तीन अनलिमिटेड भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको हो । प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू गत बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।
आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयसीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्ने कम्पनीले जनाएको छ । १ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले करसहित मात्र २५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म नेपालका देशका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।
एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरूले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्ने जनाएको छ । यो प्याकको करसहित १ सय ५० पर्दछ । यो कम्पनी नेपालमा सन् २००४ मा स्थापित भएको कम्पनी हो ।