सुनसरी । कोसी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आर्थिक वर्ष २०८०/०८१ को लागि बिहीबार लागि १३ औं गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित ४९ करोड ४९ लाख ९५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
सुरक्षीत र समृद्ध कोसीको आधार,कृषि पर्यटन र दिगो पूर्वाधारू भन्ने नाराका साथ आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । कोसी गाउँपालीकाको प्रस्तुत उक्त नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य,कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै पालीकाको आफ्नै प्रशासनिक भवन निर्माण योजनालाई समेत उच्च प्राथमिकतामा राखिएको छ भने आवश्यकता अनुसार वडा कार्यालयहरुको भवन निर्माण गर्न संघीय सरकारसँग समन्वय गर्नेकोसी गाउँपालीकाको कार्यालयले जनाएको छ । गाउँपालीकाले आफ्नै प्रशासनिक भवन बनाउनका लागि आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण गरिने जनाइएको छ । यस्तै महिनामा एकपटक 'जनतासँग अध्यक्ष' कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
यस्तै समृद्ध कोसी निर्माणको अभियान अन्तर्गत कृषि क्षेत्र र किसानहरुलाई उच्च प्राथमिकतामा राख्दै कृषि मिटरको प्रयोग बढाउनको लागि पालीकाको तर्फबाट अनुदान दिने नीति बनाएको अध्यक्ष अन्सारीले बताए । यस्तै कृषकहरुलाई समयमै मल उपलब्ध गराउन कृषि सहकारी तथा कृषि समूहलाई बढी कोटा दिलाउनका लागि सम्बन्धित निकायसँग पहल गरिने बताइएको छ । यस्तै सेवा प्रवाहमा पारदर्शिता,जवाफदेहिता र उत्तरदायित्वलाई थप सुदृढ बनाई डिजिटल नागरिक वडा पत्रको प्रभावकारी कार्यान्वयन गर्दै सार्वजनिक सुनुवाइ,सामाजिक परीक्षण लगायतका बिधि गाउँ कार्यपालिकाका साथै मातहतका निकायमा लागू गरिने नीति बनाइएको गाउँपालीकाको कार्यालयले जनाएको छ । वडा कार्यालयमा जनताले तिर्नुपर्ने शुल्क,कर,राजस्व बैंकसँगको सहकार्यमा डिजिटल भुक्तानी बिधि अपनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै करार सेवामा कार्यरत कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनका आधारमा करार अवधि थप गरिने बताइएको छ । कृषि पेशालाई स्थापित गराउन व्यवसायीक खेतीलाई प्रोत्साहन गर्नेदेखि सिचाइका लागि कृषि मोटर,कृषि विद्युतिकरणलाई प्राथमिकता राखिएको छ । यस्तै कृषि र पशुसँग सम्बन्धित पकेट लगायतका सशर्त कार्यक्रमबाट कृषकले बढी लाभ लिने वातावरण बनाइने गाउँपालीकाले नीति बनाएको छ । पशुपालक किसानहरुलाई व्यवसाय दर्ता बजारीकरण, योजना निर्माणलगायत विषयमा उद्यमशिलता विकास तालिम प्रदान गरिनेछ । यस्तै टोल टोलमा पशु प्राविधिकबाट घुम्ती सेवा संचालन गर्ने नीति कोसी गाउँपालीकाले लिएको छ । दुग्ध व्यवसायलाई फस्टाउनका लागि निजी डेरीसँग समन्वय गर्दै उचित मूल्यमा दुग्ध संकलन गर्ने व्यवस्था मिलाइने नीति लिइएको छ ।
उद्यमशिलता तालिममार्फत बेरोजगार व्यक्तिहरुलाई अन्तरमनबाट उद्यम गर्न प्रोत्साहित गर्दै युवाहरूलाई रोजगारीमा आवद्धता लागि क्षमता विकास गरिनेदेखि लोकसेवा तयारी कक्षा र प्रहरीमा जान चाहनेहरुको लागि विशेष तालिम आयोजना गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै आगामी आर्थिक वर्षमा १५ शैय्याको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । शिक्षित,बेरोजगार युवा,महिला,विपन्न वर्ग,अपांगता भएका व्यक्तिहरुमा रोजगारी र आत्मनिर्भरता बढाउनका लागि पालीकाकै गौरवको योजना कार्यान्वयन ल्याइने उल्लेख छ ।जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वास्च्छ खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर बजेट विनियोजन गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
गाउँपालीकाको कार्यालयले संघीय सरकार वितिय सामानीकरण १२ कारोड ९७ लाख, संघीय सरकार राजस्व बाँडफाँड १० करोड ७९ लाख, संघीय शसर्त सञ्चालन अनुदान १९ करोड ९२ लाख, संघीय विशेष अनुदान पुँजीगत १ करोड १५ लाख, संघीय सशर्त पुजीगत १ करोड १४ लाख, प्रदेश सरकार वित्तीय समानीकरण ८२ लाख ७८ हजार, प्रदेश सरकार राजस्व सवारी साधन कर ४५ लाख ९४ हजार, प्रदेश शसर्त अनुदान १० लाख २५ हजार, प्रदेश समपूरक अनुदान रु ९७ लाख, सडक बोर्ड २० लाख, वन रोयल्टी १५ लाख,आन्तरिक आम्दानी २ करोड,मालपोत रजिष्ट्रेशन रु ६० लाख र संचित कोष मौज्दात २० लाख ४९ करोड ४९ लाख ९५ हजार बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको कोसी गाउँपालीकाले जनाएको छ ।