विराटनगर । मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षत्रेको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ५, काँग्रेसले ५ र माओवादीले २ सिट हात पारेको छ ।
मोरङ क्षेत्र नं. १(१)मा एमालेका उमाकान्त गौतम प्रदेशसभामा विजयी भएका छन् । उनले १३ हजार ५३१ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी २०७४ मा विजयी भएका माओवादी केन्द्रका कुलबहादुर साम्बाले १० हजार ४ मत पाए ।
सोही निर्वाचन क्षत्रेको १(२) मा एमालेकै खड्ग बहादुर बस्नेत विजयी भए । बस्नेतले प्रदेश १ का यातायत तथा संचारमन्त्री तथा एकीकृत समाजवादीका नेता उपेन्द्र घिमिरेलाई पराजित गरेका हुन् । जिल्ला समन्वय समितिको पूर्व सभापति रहेका बस्नेतले १४ हजार ५३९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्धर्पी घिमिरेले १३ हजार ८६३ मत पाए ।
मोरङ क्षेत्र नं. २(१) मा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती सुशिल प्रदेशसभामा विजयी भएका छन् । उनले १४ हजार ९३३ मत पाए । उनका प्रतिस्पर्धी एमालेका दानबहादुर कार्कीले १४ हजार ६७८ मत ल्याए ।
सोही निर्वाचन क्षत्रेको (२) मा एमालेका लिलाबल्भ अधिकारीले १७ हजार ७५२ मत ल्याएर प्रदेशसभामा विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका विनोद कार्कीले १४ हजार ९५२ मत ल्याए ।
मोरङ क्षेत्र नं. ३(१) मा काँग्रेसका मान बहादुर लिम्बु १९ हजार ७४९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्धर्पी दिलिप कुमार राईले १४ हजार ८१७ मत पाए । सोही निर्वाचन क्षत्रेको ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदीले १७ हजार ४२८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका लक्ष्मी कुमार श्रेष्ठले १५ हजार ३५८ मत ल्याए ।
मोरङ क्षेत्र नं. ४(१) मा एमालेका जयप्रकाश चौधरीले १५ हजार ४६५ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका गुरुराज घिमिरले १५ हजार ५१ मत पाए । सोही निर्वाचन क्षेत्रको ४(२) मा विराटनगर महानगरपालिका पुर्व मेयर तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली विजयी भएका छन् । पराजुलीले १५ हजार ४६५ मत ल्याएर प्रदेश सभामा विजयी हुँदा उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६९९ मत पाए ।
मोरङ क्षेत्र नं. ५(१) मा काँग्रेसका गयानन्द मण्डलले १४ हजार ८४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सन्तोष साहले ९ हजार ४०२ मत ल्याएका छन् ।
सोही निर्वाचन क्षेत्रको ५(२) मा काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले १६ हजार १ सय २ मत ल्याएर विजयी भएका छन् । उनले प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई पराजित गरेका हुन् । यादवले १० हजार ८२४ मत पाए । २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षत्रेबाट यादव विजयी भएका थिए ।
मोरङ क्षेत्र नं. ६(१) मा ओवादी केन्द्रका जीवन आचार्यले १९ हजार ४५४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी रीता न्यौपानेले १७ हजार ५७१ मत ल्याएका छन् ।
सोही निर्वाचन क्षेत्रको ६(२) बाट प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विजयी भएका छन् । उनले १० हजार ४३१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार पर्शुराम बस्नेतले ९ हजार २५५ मत ल्याएका छन् ।