जनता समाजवादी पार्टीले सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारबाट समर्थन फिर्ता लिनेसमेत निर्णय गरेको हो ।
जसपा कोशी प्रदेश समितिको बैठकपछि कुराकानी गर्दै जसपा नेता जयराम यादवले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिए ।
नामकरणलगायतका विषयमा सरकारले समस्या बल्झाउने काम गरेको नेता यादवको टिप्पणी छ । सरकारले निकास दिन नसकेको नेता यादवले आरोप लगाए । उनले सञ्चारकर्मीहरुलाई विस्तृत जानकारी गराउने बताए ।
लिम्बू जसपाबाट गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् । प्रदेश सरकारमा जाने उनी जसपाकी एक मात्र सांसद हुन् ।